बुटवलबाट २२ किलो चरेससहित दुईजना पक्राउ

रुपन्देहीको हरियाटोलबाट प्रतिबन्धित लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन्।  

५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले सोमबार बुटवल उपमहानगरपालिका–१२ हरियाटोलमा बस्ने धनबहादुर दमाईको खाली घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको २२ केजी ५०० ग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको हाे। 

लागूऔषध चरेससहित गुल्मी मदानेका २९ वर्षीय मेघराज गिरी र रुकुम सिस्नेका ३५ वर्षीय रतिभान दमाईलाई पक्राउ गरी हिरासतमा लिइएको प्रदेश ५ का प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए। 

बरामद चरेसको बजार मुल्य अन्दाजी ८ करोड रहेको उनले बताए। 

तस्करीका लागि लुकाएर राखिएको चरेस बरामद गरेसँगै तस्करीमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको धानुकले बताए। उनले भने, ‘उनीहरुको खोजीकार्य भइरहेको छ।’

प्रकाशित मिति: : 2020-07-06 13:50:23

प्रतिकृया दिनुहोस्