इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास लक्षित रकेट हमला भएको छ।
इराकी सेनाका अनुसार एउटा रकेट कडा सुरक्षा प्रवन्ध रहेको ग्रिन जोन क्षेत्रमा भएको छ, जहाँ अमेरिकी दूतावास पनि छ। यो हमला बगदादस्थित ताजी सैन्य अड्डालाई निशाना बनाएर गरिएको थियो
सेनाका अनुसार रकेट ग्रिन जोन क्षेत्रबाट केही पर एक घर नजिकै खसेको थियो। जसका कारण एक बालक घाइते भएका छन् भने घरमा क्षति पुगेको छ।
यस्तै दोस्रो रकेट हमला बगदादको नजिकको ताजी सैन्य अड्डालाई निशाना बनाएर गरिएको थियो, तर त्यसलाई असफल पारिएको छ।
सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यही समयमा हाम्रा सुरक्षा बलले एक अर्को रकेटलाई असफल पारिदिए। कत्युशा रकेट र लन्चरलाई कब्जामा लिए।’
अक्टुबर महिनादेखि हालसम्म इराकस्थित अमेरिकी कूटनीतिक र सुरक्षा बलका अखाडामा तीन दर्जनभन्दा बढी मिसाइल आक्रमण भइसकेका छन्।
अमेरिकाले यी आक्रमणहरुमा इरान समर्थित लडाकुहरुको संलग्नता रहेको दाबी गर्दै आएको छ। तर इरान समर्थित लडाकुहरुले यी आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएकाे छैन।