रजस्वला गडबडी, महिलामा हुने ‘हर्ट–अट्याक’ को अर्को कारण

महिलामा ‘हर्ट–अट्याक’ आउनुअघि स्वास्थ्य सम्बन्धि थुप्रै समस्या पहिले नै देखा परिसकेको हुन्छ। तर, हामीले यसलाई त्यति वास्ता गरेका हुदैनौं। जस्तो कि ‘हर्ट अट्याक’ अगाडि हार्मोनमा परिवर्तन आउन थाल्छ, ब्लड प्रेसरको मात्रा उच्च हुन्छ र महिलाहरु पहिलेको तुलनामा अधिक तनावमा देखा पर्ने गर्छन। सुरुको अवस्थामै उनीहरुले राम्रो उपचार पाएको खण्डमा ‘हर्ट–अट्याक’ जस्तो गम्भीर समस्याबाट जुध्नु पर्दैन।

महिलालाई हुने ‘हर्ट–अट्याक’ को सम्बन्धमा अध्ययनरत विशेषज्ञका अनुसार पुरुषको तुलनामा महिलालाई हुने ‘हर्ट–अट्याक’ को कारण भिन्न हुन्छ। यस्तै, लक्षण पनि निकै अगाडि नै देखा पर्न थालिसकेको हुन्छ। यस्तो अवस्थामा लक्षणप्रति जागरुक नभएको खण्डमा कुनै पनि बेला संकट निम्तिन सक्छ।

विशेषज्ञले महिलामा आउन सक्ने मुटु सम्बन्धि रोगबाट बच्न यी लक्षणप्रति राम्रो ध्यान दिन आग्रह गरेका छन्। महिलाहरुलाई ‘हर्ट–अट्याक’ हुनुअघि अर्को कुनै एक बिरामीबाट उनीहरु जुधिरहेका हुन्छन्।

स्वास्थ्य विशेषज्ञले रजस्वला हुनुअघि महिलाको सेक्स हार्मोन्सको स्तरमा निकै गडबडी हुने बताएका छन्। महिलाको हार्मोनलाई एस्ट्रोजन र पुरुषको हार्मोनलाई टेस्टेस्टोरोन भनिन्छ। यी दुबै हार्मोन महिला र पुरुष दुबैको शरीरभित्र हुनेगर्छ तर शरीरभित्र यिनीहरुको निश्चित मात्रा हुन्छ। जुन घटबढ हुँदा स्वास्थ्य सम्बन्धि समस्या उत्पन्न हुनेगर्छ।

रजस्वलाको बेला घटबढ भएको एस्ट्रोजनको मात्राले महिलाको मुटुको कार्यप्रणालीमा असर पार्ने गर्छ। जसले गर्दा ‘हर्ट–अट्याक’ हुने सम्भावना बढेर जान्छ। जब महिला रजस्वलाको स्थितिबाट बाहिर निस्किन्छन्, तब उनीहरुलाई ब्लड प्रेसर सम्बन्धि समस्याले घेर्ने गर्छ। यसले पनि मुटुको रोगलाई बढाउने काम गरिरहेको हुन्छ।

थुप्रै अध्ययन र अनुसन्धानले यो पनि बताइसकेको छ कि बढ्दो उमेरसँगै मोटोपना बढ्ने सम्भावना पुरुषको अनुपातमा महिलामा धेरै हुन्छ। मानिस मोटाउँदा उच्च ब्लड प्रेसरको खतरा सामान्यस्थित भन्दा तीन गुणा बढी हुन्छ। जसले मुटुको रोगलाई निम्त्याइरहेको हुन्छ।

मानसिक दबाब, खानपीनमा सावधानी नअपनाउँदा तथा पूर्ण आराम नलिँदा महिलालाई मुटु सम्बन्धि समस्याले घेर्ने गर्दछ।

प्रकाशित मिति: : 2020-07-05 08:40:35

प्रतिकृया दिनुहोस्