आज थपिएका २३२ संक्रमित कहाँ-कहाँका?

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको बताए। 

पछिल्लो २० घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको थियो। 

आज थपिएका २३२ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ। 

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

आज थपिएका २३२ जना कहाँ कहाँका? 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरङका १ र सिरहाका ६ जनासहित ७ जनामा कोरोना पुष्टि भएको छ। 

कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा इलामका १ जना, झापाका १ र मोरङका ५ जनासहित ७ जनामा कोरोना पुष्टि भएको छ। 

प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जनामा कोरोना पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३६ र सिरहाका १५ जनासहित ५१ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १५ जनामा कोरोना पुष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ र नवलपरासीपूर्वका ७ जनासहित १५ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङ र म्याग्दी ३/३, स्याङजाका र तनहुँका १/१ जनासहित ८ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ३  र प्यूठानका २ जनासहित ५ जनामा कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ५, रोल्पाका २ जनासहित ७ जनामा कोरोना पुष्टि भएको छ।

दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2020-07-04 17:25:26

प्रतिकृया दिनुहोस्