पत्रकार केसरी र पौडेल सम्मानित

जीपी कोइराला फाउन्डेसन, पर्साले दुई स्थानिय सञ्चारकर्मीलाई सम्मान गरेको छ।

फाउन्डेसनले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तिको अवसरमा शनिबार एक कार्यक्रमकाबीच गोरखापत्र दैनिकका पर्सा संवाददाता कन्हैयालाल केसरी र रेडियो वीरगञ्जकी निलिमा पौडेललाई सम्मान गरेकाे हाे। 

उनीहरुलाई जनहि २१ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएकाे पर्सा फाउन्डेसनका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताए।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले पत्रकार पौडेल र केसरीलाई सम्मान गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, महासंघका पर्सा अध्यक्ष श्याम बन्जारा, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठनका अध्यक्ष निरज पिठाकोटे, ठाकुरराम क्याम्पसका प्राध्यापक हरेराम ठाकुर लगायतकाे सहभागिता थियाे।

प्रकाशित मिति: : 2020-07-04 16:19:23

प्रतिकृया दिनुहोस्