प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जिल्लाको नौबहिनी गाउँपालिका ७ लुप्लुङबाट चुनढुङ्गा बोकेर दाङको कालाकाटे जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका ५ मोतीपुरमा दुर्घटना भएको हो।
दुर्घटनामा टिपर चालक नौबहिनी ६ पिपलटारी प्युठानका ३० वर्षीय रोशन थापा र सोही ठाउँका सहचालक २४ वर्षीय झगबहादुर पुनको मृत्यु भएको हाे।
टिपर सडकबाट झन्डै ६ सय मिटर तल खसेको कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए। उनले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ।