पोखरा र गोरखामा थपिए ९ संक्रमित

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएका हुन्।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुसहित गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित थपिएका हुन् । शहिद लखनमा थपिएका संक्रमितमध्ये १ पुरुष र एक महिला रहेका छन् । 

यसैगरि, पालुङटारमा थपिएका संक्रमितमध्ये ३ पुरुष रहेका छन् । पालुङटारका ३ संक्रमितमध्ये १ जनाको बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: : 2020-07-04 12:31:14

प्रतिकृया दिनुहोस्