शुक्रबार गण्डकी प्रदेशमा थप ३२ कोरोना भाइरस संक्रमित थपिएका छन्।
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार चार वटा जिल्लामा थप ३२ जनामा कोरोना पुष्टि भएकाे हाे।
भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ जना र बागलुङमा १ जनामा संक्रमण पुष्टि भएकाे प्रवक्ता शर्माले जानकारी दिए।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६३ पुगेको छ।