अमेरिकामा पछिल्लो २४ घन्टामा ५३ हजार नयाँ कोरोना संक्रमित भेटिए

अमेरिकामा पछिल्लो २४ घन्टामा ५३ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन्।

बिहीबार अलास्का, अर्कान्सास, फ्लोरिडा, जर्जिया, मोन्टाना, साउथ क्यारोलाइना र टेनेसीमा संक्रमित भेटिएका छन्।

एकै दिन ५३ हजार नयाँ संक्रमित थपिँदा फ्लोरिडामा मात्र १० हजार १ सय ९ जना रहेका छन्। यो त्यहाँ एकै दिन भेटिएका संक्रमितको सबैभन्दा धेरै संख्या हो।

जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्कअनुसार अमेरिमा कोरोना संक्रमितको संख्या अब २७ लाख ३५ हजार ३ सय ३९ पुगेको छ। अमेरिका सबैभन्दा धेरै संक्रमित हुने मुलुकको सूचीमा पहिलो स्थानमा छ।

मंगलबार संक्रामक रोगका विशेषत्र डा. एन्थोनी फाउसीले देशमा हरेक दिन १ लाख बढी संक्रमित फेला पर्न सक्ने चेतावनी दिएका थिए।

ट्रम्प प्रशासनले भने देशमा परीक्षणको दायरा बढाइएको कारण संक्रमितको संख्यामा वृद्धि भइरहेको बताउँदै आएको छ।

यता, खराब अवस्थामा गुज्रिरहेको मुलुकको दोस्रो सूचीमा रहेको ब्राजिलको अवस्था पनि संकटग्रस्त छ। ब्राजिलमा एकै दिन ४८ हजार १ सय ५ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ।

प्रकाशित मिति: : 2020-07-03 08:57:24

प्रतिकृया दिनुहोस्