मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई साइकल प्रदान गरिएको छ।
गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए।
'शिक्षामा छात्रछात्राको पहुँचमा थप सहजता पु¥याउने उद्देश्यले सबै विद्यालयबाट जेहेन्दार विद्यार्थी छनोट गरी साइकल वितरण गरिएको हो' उनले भने।
कार्यक्रम अन्तर्गत प्रदेश सरकारले उपलब्ध गराएको विशेष अनुदान कार्यक्रमबाट गाउँपालिकाले साइकल प्रदान गरेको हो।