नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई कारवाही गरेको छ ।
सेनाको बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट उनीहरुलाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरिएको हाे ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी तथा आचरण नगरेको अदालतको ठहर गरेकाे छ।
त्यसैका आधारमा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट समेत बर्खास्त गरिएको छ ।