
बिएल संवाददाता
नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे।
नेपालका लागि आसिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।
मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए। भने, शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए।
नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए। भने, अविनाश बोहोराले एक विकेट लिएका थिए।
यो जितपछि नेपालले समूह ए मा २ अंक हासिल गरेको छ। अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया