शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक स्थगित

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो। 

प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाले बताए।

यस्तै राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। बुधबार १ बजेटका लागि बोलाइएको बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो।

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताए।
 

प्रकाशित मिति: : 2020-07-01 14:34:53

प्रतिकृया दिनुहोस्