पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा विस्फोट गराएको आरोपमा 'विप्लव' समुहका जिल्ला सेक्रेटरी पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विस्फोट गराएकाे आरोपमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले  मंगलबार भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाहीलाई पक्राउ गरेको छ। उनीबिरुद्ध मंगलबार नै अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएकाे परिसरका डीएसपी दिपक गिरीले बिएल नेपाली सेवालाई जानकारी दिए।

'विस्फोटमा संलग्न भएको जानकारी आएपछि खोजी गरिरहेका थियौं। अहिले म्याद थप गरी अनुसन्धान गरिरहेका छौं,' डीएसपी गिरीले भने।

७० करोडको टेप प्रकरणसँगै बास्कोटाले राजीनामा दिएका थिए। 

लगतै गत फागुन २८ गते लोकन्थलीमा निर्माणाधीन बास्कोटाको घरमा बम विस्फोट भएको थियो। विस्फोटको आरोपमा प्रहरीले विप्लव समूहका ४ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ। जसमा ३ जनालाई अदालतले पूर्पक्षको लागि थुनामा पठाएको छ भने एक जना साधारण तारिकमा छोडिएकाे छ।

 

प्रकाशित मिति: : 2020-07-01 11:59:42

प्रतिकृया दिनुहोस्