पानी परेपछि सलहको जोखिम कम हुने

अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडाैँमै  देखिए पनि प्रभाव कम हुने जनाइएको छ । 

गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ ।  

वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । 'काठमाडौंमा देखा परेको सलहको झुण्ड ठूलो होइन', डा बूढाथोकीले भने। 

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ  ।

प्रकाशित मिति: : 2020-07-01 11:28:23

प्रतिकृया दिनुहोस्