‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन

निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ। 

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विराटनगर सन्ध्या तिवारीको नाममा  ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन परेको पुष्टि गरे।

‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ,  हामी जाँचबुझ गर्दै छौं,’ उनले भने, ‘पार्टीको अध्यक्षको नाम सन्ध्या तिवारी लेखिएको छ।’
 

प्रकाशित मिति: : 2020-06-30 19:19:49

प्रतिकृया दिनुहोस्