सरकारले भन्यो– १४ दिन नियमपूर्वक क्वारेन्टीनमा बसेकालाई पीसीआर रिपोर्टविनै घर पस्न दिनू !

सरकारले नियमपूर्वक १४ दिन क्वारेन्टाइनमा बसेर फर्किएकालाई विनाअवरोध घरमा प्रवेश दिन अपिल गरेको छ।

१४ दिन क्वारेन्टीनमा बसेकाहरूलाई घरबेटीले पीसीआर रिपोर्टविना घर प्रवेश गर्न नदिएकोतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले जारी गरेको निर्देशिकाविपरीत कार्य नगर्न अपिल गरेका छन्।

१४ दिनसम्म नियमपूर्वक क्वारेन्टीनमा बसेका र कुनै लक्षण नदेखिएकामा कोरोना संक्रमण नहुने र भए पनि यस्ता संक्रमितबाट संक्रमण नसर्ने प्रवक्ता गौतमले गरे ।

उनले नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।

प्रकाशित मिति: : 2020-06-30 16:52:35

प्रतिकृया दिनुहोस्