पर्साका २१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज

वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पतालबाट आइतबार पर्साका २१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा पर्साका ग्रामिण भेगका १८ जना पुरुष र ३ जना महिला रहेका छन्।

पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई आज डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले बताए।

अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार डिस्चार्ज हुनेहरु विन्ध्यवासिनी गाउँपालिका २, ३ र ४ का १० जना, धोबिनी गाउँपालिका ५ का १ जना, पोखरीया नगरपालिका १,३ र ६ का ५ जना, सखुवा प्रसौनी गाउँपालिका ३ का १ जना, जिराभवानीका गाउँपालिकाका १ जना, पर्सागढी नगरपालिका ४ का १ जना पटेर्वासुगौली गाउँपालिका २ र ५ का २ जना रहेका छन्।

 ती सबै २० देखी ५६ वर्ष उमेर समूहका १८ पुरुष र ३१, ३२ र ३६ बर्षीय ३ महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले बताए।

प्रकाशित मिति: : 2020-06-28 16:37:49

प्रतिकृया दिनुहोस्