सलहको क्षति न्युनीकरणका लागि गम्भीर बनाैं: क्रांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरण गर्न सरकारलाई आग्रह गरेको छ।

आइतबार पार्टीको कांग्रेसको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले एक विज्ञप्ति जारी गर्दै सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै न्यूनिकरणका लागि गम्भीर हुन माग गरेकी हुन्।

सरकारी निकायले यो विनाशकारी किरा प्रवेश गर्ने सम्भावना कम रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकामा कांग्रेसले आपत्ति जनाएको छ।

 ‘सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको छ,’ विज्ञप्तिमा भनेका छन्।
 

प्रकाशित मिति: : 2020-06-28 14:04:38

प्रतिकृया दिनुहोस्