अमेरिकामा हातमा लगाउने स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ।
न्यु मेक्सिकोमा भएको यस घटनामा चार जनाले दृष्टि गुमाएको त्यहाँको स्वास्थ्य विभागले पुष्टि गरेको छ। तर मृत्यु भएकाहरुको विस्तृत विवरण भने दिइएको छैन।
सातै जनाले स्यानीटाइजर पिउँदा यस्तो घटना भएको विभागले जनाएको छ।
उक्त स्यानिटाइजरमा ‘मेथानोल’को प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ।
स्यानिटाइजर पिउँदा टाउको दुख्ने , वान्ता हुने , रिँगटा लाग्ने , पखाला लाग्ने तथा बेस्सरी प्यास लाग्ने हुन्छ। यस्तै दृष्टि गुमाउने र मिर्गौलासमेत बिगार्ने बताइएको छ।
पछिल्लोपटक कोरोना महामारीका कारण स्यानिटाइजरको प्रयोग बढ्दो छ। स्यानिटाइजरले सफा राख्नेभन्दा पनि हातमा नदेखिने किटाणु–जीवाणुलाई हटाउने काम गर्छ।
अल्कोहलको मात्रा औसतमा ६० प्रतिशत भएको स्यानिटाइजरको प्रयोग उपयुक्त हुन्छ । अहिले रसायनयुक्त स्यानिटाइजर दैनिकी बन्न थालेका छन्।