चितवनमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु 

पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेका छन्। 

आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा उनलाई ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो। 

उनलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-06-27 18:52:20

प्रतिकृया दिनुहोस्