अमेरिकामा एकैदिन ४७,३४१ लाई कोरोना संक्रमण, बन्यो नयाँ कीर्तिमान 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

विश्वको एक मात्र महाशक्ति भनेर दावी गर्ने अमेरिकामा शुक्रबार एकैदिन ४७,३४१ लाई कोरोना संक्रमण भएर नयाँ कीर्तिमान बनेको छ। यसअघि विहीबार मात्र ४०,२१२ संक्रमित भेटिएपछि संक्रमणको नयाँ कीर्तिमान बनेको थियो । त्यसको २४ घण्टा पनि नबित्दै नयाँ कीर्तिमान बनेको हो। यसअघि अमेरिकामा कोरोना संक्रमण चुलीमा हुँदा पनि एकैदिन यति धेरै मानिसमा कोरोना संक्रमण देखिएको थिएन। 

शुक्रबार धेरै संक्रमण हुने राज्यमा फ्लोरिडा, क्यालफोर्निया, टेक्सास, एरिजोना, जर्जिया, नर्थ क्यारोलिना, टेनेसी, साउथ क्यारोलाइना, लुजियाना र ओहायो रहेका छन्। यी सबैमा एकहजार भन्दा माथि नै संक्रमित पाइएका छन्। 

सबैभन्दा बढी फ्लोरिडामा ८९४२ पाइएका छन्।त्यसपछि क्यालिफोर्नियामा ५६१९ र टेक्सासमा ५६१४  नयाँ संक्रमित पाइएका छन्।  

अमेरिकामा २५ राज्यमा कोरोनाका नयाँ सक्रमितको संख्या उकालो लागेको लागै छ। 

यसैबीच दुईमहिनापछि ह्वाइट हाउसमा शुक्रबार कोरोना टास्क फोर्सले पत्रकार भेटघाट आयोजना गरेको थियो। सो अवसरमा टास्क फोर्सका संयोजक उपराष्ट्रपतिले भने आनन्दले सबै ठीक भैरहेको बताइ दिए। 

प्रकाशित मिति: : 2020-06-27 10:26:09

प्रतिकृया दिनुहोस्