लद्दाख क्षेत्रमा भूकम्पको धक्का

चीन–भारतको सीमा क्षेत्र लद्दाखमा शुक्रबार  भूकम्प गएको छ।

भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएकाे हाे।

भूकम्पकाे केन्द्रबिन्दु लद्दाख र कारगिलदेखि २०० किलोमिटर उत्तरपश्चिम क्षेत्रमा परेको थियो।

भारतमा शुक्रबार अन्य क्षेत्रमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो।

हरियाणा र रोहतक क्षेत्रमा २.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो।

त्यस्तै मेघालयमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। मेघालयमा ३.३ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ।

मेघालयको भूकम्पको केन्द्रबिन्दु टुरादेखि ७९ किलोमिटर पश्चिममा परेको थियो।  साँझ ८ बजे भूकम्पको झड्का महसुस भएलगत्तै स्थानीय सर्वसाधारणहरुमा त्रास फैलिएको थियो। 

प्रकाशित मिति: : 2020-06-27 05:51:26

प्रतिकृया दिनुहोस्