नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज रोशन राई पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय धरानले ‘मेड इन युएसए अटोमेटिक पेस्तोल’ सहित धनकुटा शहिदभूमि गाउँपािलका ६ का २७ वर्षीय राईलाई पक्राउ गरेको हो।
उनलाई धरान उपनपा १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।
पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा पार्किङ गरिराखेको मोटरसाइकलको सिटभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरिएको डीएसपी बस्नेतले बताए।
उनले भने, ‘पेस्तोलसहित म्याग्जिन एक थान, सो म्याग्जिनमा लोड भएको अवस्थामा गोली राउण्ड ३, मोबाइल २ थान र ६ वटा सिम समेत बरामद भएको छ।’
पक्राउ परेका राईविरुद्ध जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजना मुद्दामा अनुसन्धानको लागि म्याथ थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।