कर्णालीमा संक्रमित संख्या १३०० नाघ्यो, आजमात्रै थप २५ जनामा संक्रमण पुष्टि

 कर्णाली प्रदेशमा मंगलबार थप २५ जना कोरोना संक्रमित थपिएका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एक जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाकाे रहेकाे कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।

यता सुर्खेतको पञ्चपुरी नगरपालिका दुई पुरुष, १८ महिने बालिका र १८ वर्षीय महिला रहेका छन् भने  एक महिला चिङ्गाड गाउँपालिकाकी रहेकी छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ।

मंगलबार नै कर्णालीका विभिनन आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन्। याेसँगै डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ।

प्रकाशित मिति: : 2020-06-23 15:26:14

प्रतिकृया दिनुहोस्