भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्याे, चार लाख ४० हजार बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ। अहिलेसम्म कोरोनाको कारण १४ हजार ११ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण ३१२ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार नाघेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २१५ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र १४ हजार ९९३ नयाँ संक्रमित थपिएका हुन्।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २३३ जनाको मृत्यु भइसकेको छ।

तामिलनाडुमा पनि ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७९४ जनाको मृत्यु भइसकेको छ।

यता उत्तर प्रदेशमा १८ हजारभन्दा बढी संक्रमित छन् भने ५६९ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा पनि १४ हजारभन्दा संक्रमित भेटिएका छन् भने ५६९ जनाको मृत्यु भएको छ।

बिहारमा ८ हजार संक्रमित फेला परेका छन् भने यहाँ मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

अहिलेसम्म भारतमा दुई लाख ४८ हजारभन्दा धेरे संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति: : 2020-06-23 13:15:12

प्रतिकृया दिनुहोस्