नेपालगञ्जमा नाली खन्ने क्रममा शिवको मूर्ति फेला

बाँकेको नेपालगञ्जमा नाला निर्माणका क्रममा भगवान शिवको मूर्ति फेला परेको छ। आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका ७ मा नाली खन्ने क्रममा उक्त मूर्ति फेला परेको हो। 

मूर्ति भेटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल  शम्शेर राणा लगायतको टोली त्यहाँ पुगेको थियो।

डा. राणाकै रोहवरमा मूर्तिको मुचुल्का उठाउनुका साथै नजिकैको मन्दिरमा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।   

चाँदीको धातुबाट बनेको जस्तो देखिने मूर्ति ऐतिहासिक हुन सक्ने आंकलन गरिएको छ।

प्रकाशित मिति: : 2020-06-21 22:19:25

प्रतिकृया दिनुहोस्