भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य उपकरण खरिदमा अनियमितता

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।

कोरोना भाइरसको जाँच गर्ने पीसीआर मेसिन, मेडिकल उपकरणलगायतका स्वास्थ्य उपकरण खरिदमा अनियमिमता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।

कोरोना महामारीको समयमा कोरोनाको उपचारको लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा अनियमितताको उजुरी परेसँगै अस्पताललाई स्पष्टिकरण सोधिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग  बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ। 

सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेका अनुसार केही दिनअघि एक हप्ता अल्टिमेटमसहित उपकरण खरिद सम्बन्धि कागजात माग गरिएको जनकारीसमेत दिए। 

उनका अनुसार भेरी अस्पतालबाट कागजात प्राप्त भएको छ। यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुसँग छलफल अघि बढाइएका बताउदै गैरेले मेडिकल सामग्री  खरिद् गर्ने क्रममा अनियमितताको उजुरी अख्तियारमा परेको स्पष्ट पारेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जम्मा १० वटा उजुरी परेका छन्।

प्रकाशित मिति: : 2020-06-19 16:50:34

प्रतिकृया दिनुहोस्