पछिल्लो २४ घन्टामा नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ८८ महिला र ३३८ पुरुष गरेर ४२६ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसमेत कुल संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको जानकारी दिए।
त्यसैगरी शुक्रबार दुई सय १६ जना निको भएर डिस्चार्ज भएको गौतमले बताए। हालसम्म नेपालभरि डिस्चार्ज हुनेको संख्या एक हजार चार सय दुई पुगेको छ ।
देशैभरका आइसोलेसनमा ६ हजार ८५० जना कोरोना संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशैभर ६ हजार २३१ पीसीआर विधिबाट र चार हजार ३९९ आरडीटी विधिबाट नमूना परीक्षण गरिएको छ।
हालसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७४९ र आरडीटी किट विधिबाट दुई लाख ४७ हजार ८७४ नमुना परीक्षण भएका छन्।
देशैभर क्वारेन्टाइन एक लाख ९ हजार ४६१ जना रहेको मन्त्रालयले जनाएको छ।