कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी कैलालीकी महिलामा कोरोना पुष्टि

बाँकेको कोहलपुर नगरपालिकास्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मंगलबार टाउकोमा रगत जमेको भन्दै उपचारको लागि कोहलपुर ल्याइएकी कैलालीको लम्कीचुहा नगरपालिका २  निवासी  ४३ वर्षीय  महिलाको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। 

उनको उपचारको क्रममा मंगलबार नै मृत्यु भएको  स्रोतले बतायो। कोरोना आशंकामा उनको स्वाब परिक्षण गरिएको र बुधबार साँझ मात्रै रिर्पाट पोजेटिभ आएपछि उनको मृत्यु भएको थाहा भएको हो।

उनको शव अहिले शव दाह गृहमा राखिएको छ।  यस अघिपनि अस्पताल मै उपचारको क्रममा मृत्यु भएकी बाँकेको बैजनाथकी एक महिलामा  कोरोना संक्रमण पुष्टि भएको थियो।

 ती महिला दायाँ फोक्सोमा समस्या देखिएपछि उपचारको लागि जेष्ठ ३० गते अस्पताल भर्ना भएकी थिइन्। यस्तै उक्त अस्पाताल मै उपचाररत  रुकुम पश्चिका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

केहीदिन यता नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी, चिकित्सक सहित ४२ जना क्वारेन्टिनमा छन्। 

बाँकेमा कोरोनाकाे कारण मृत्यु हुनेको संख्या तीन पुग्यो

बुधबार कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएपछि बाँकेमा कोरोना कै कारण ज्यान मुगाउनेको संख्या तीन पुगेको छ। मुत्यु हुनेमा दुई जनाका बाँकेको नरैनापुर र बैजनाथ गाउँपालिकाका हुन्। यसअघि पहिलो पटक नरैनापुरका एक युवकको  क्वारेन्टिनमा मृत्यु भएको थियो। उनी भारतबाट आएका थिए। 

तीनै जनामा मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो। उनको मृत्युको विषयमा मेडिकल कलेज प्रशासनले केही बोलेको छैन।

प्रकाशित मिति: : 2020-06-17 20:14:49

प्रतिकृया दिनुहोस्