काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्रका रणनीतिक र ‘भीआइपी’ भनिएका सडक मर्मत र कालोपत्रे गरी चिटिक्क पा¥यो । लकडाउन अवधिमा सडकका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गरिएका सडक सिगार्ने काम पनि भए । लकडाउन कै अवधिमा उपत्यकाभित्र झन्डै ४२ किलोमिटर सडक मर्मत पछि ‘मार्किङ’ समेत गरियो । सोहिकारण अहिले काठमाडौंका सडकको स्वरुप नै फेरिएको छ ।
लकडाउनकै अवधिमा खासगरी चाबहिल—चुच्चेपाटी र पुतलीसडक क्षेत्रको सडक मर्मत भइरहेको छ । विभागले अहिले मर्मत तथा स्तरोन्ती गरेको सडक तीनवर्षसम्म मर्मत गर्नु नपर्ने दावी गरेको छ । विभागले आवधिक मर्मतका लागि उपत्यकामा ६० करोड रुपैयाँ खर्च भएको बताएको छ ।
अहिले लकडाउन खुकुलो भएसँगै सवारीको चाप बढ्न थालेको छ । ‘मुभमेन्ट’ बढ्दै जाने हुँदा सडक फेरी बिग्रन सक्ने अधिकारीहरु बताउँछन् । यसअघि कालोपत्रे र मर्मत भएका ठाउँमा पुनः खाल्डाखुल्डी देखिन थालेका छन् ।
चिनिँया राष्ट्रपति सी जिन्फिङ गत असोजमा नेपाल भ्रमणमा आएका बेला कालोपत्रे गरिएको केशरमहल देखि जमलखण्डका सडकमा खाल्डाखुल्डी देखिन थालेका छन् । त्यस्तै, सोह्खुट्टे देखि बालाजु खण्डमा पनि सडकको बीच भाग बिग्रन थालिसकेको छ । ती सडक मर्मत भएको धेरै भएको छैन् । सडक विभागले भने कालोपत्रे गरिएको ठाउँमा खानेपानी ‘लिक’हुने र ढलका कारण समस्या आएको बताएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया