रासस
रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहँुच पुगेको छैन। नगरपालिकाको केन्द्र नजीकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ।
गाउँमा दिगो खानेपानीको प्रबन्ध नहँुदा समस्या अझै पनि समाधान हुन नसकेको ताराबहादुर सोती बताउछन्। पिउने पानीदेखि लिएर गाईभैँसीलाई खुवाउन र नुहाउन गाउँमा पानीको अभाव भएपछि स्थानीयवासी समस्यामा परेका छन्।
गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न मूल कुवा नहुँदा समस्या परेको छ। रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाको पानी बस्तीमा लैजान पर्याप्त रकम नहँुदा समस्या परेको काँसजरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर वीरकट्टा बताउछन्।
गर्मीयाम शुरु भएपछि बस्ती आसपासमा रहेका खोलाका किनार र खोल्सीमा पुगेर पानी ल्याउनुपर्दा दैनिक एकदेखि डेढ घण्टाको समय त्यसै बित्ने गरेको छ। खानेपानी समस्या समाधान गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेको छ।
रामपुर दोस्रो साना शहरीमार्फत खानेपानी आपूर्ति गराउन रकम धेरै लाग्ने भएकाले खानेपानी समस्या समाधान हुन नसकेको रामपुर– ४ का वडा सदस्य सीमादेवी राना बताउछन्। काँसजरी क्षेत्रका २३ घरधुरीका करीब दुई सय बासिन्दाले खानेपानी समस्या झेल्दै आएका छन्।
रामपुर –७ कै माथिल्लो भेग बाहुनडाँडा क्षेत्रमा पनि खानेपानी समस्या छ। सो समस्याका कारण यहाँका धेरै स्थानीयवासी बस्ती नै छाडेर अन्यत्र बसाइँ गएका छन्। यसबाट उत्पादनशील जग्गा बाँझिन पुगेका छन्। पहिला यहाँ करीब ६० घरधुरीको बसोबास थियो भने अहिले २२ मात्रै छन्।
टोल नजीकै खानेपानी स्रोत नहुँदा घरायसी कामकाज नै छाडेर पानी बोक्न धेरै समय खर्चनुपरेको स्थानीयवासी भीमकुमारी सिंजाली बताउछन्। बच्चाबच्चीको रेखदेख, गाईभैँसीको स्याहारसुसार, घरायसी कामधन्दा र मेलापात गर्न पानीको समस्याले अप्ठ्यारो परिरहेको उनको गुनासो छ।
हालका लागि स्थानीयवासीले एक घण्टाको समय खर्चेर विभिन्न स्थानबाट पानी खोजेर उपभोग गरिरहेका छन्। मानिसलाई पिउन र गाईभैँसीलाई खुवाउन दैनिक बोकेर ल्याउनु पर्दा समस्या परिरहेको छ। सङ्घीय सरकारको रु ४० लाखको बजेटमा आयोजना शुरु गरिए पनि अहिले भने बन्दाबन्दीले काम ठप्प रहेको स्थानीयवासी तथा वडा सदस्य मीनबहादुर सिंजालीले बताए।
हालसम्म लिफ्टिङका लागि खोलामा ट्याङ्की निर्माणको काम मात्र भएको छ। बस्तीदेखि करीब छ सय मिटर तल रहेको फार्सेखोलाबाट बस्तीसम्म पानी लैजाने योजना हो। आयोजना बाहुनडाँडा गाउँका अलवा मलेङ गाउँमा पु¥याइँदैछ। झण्डै ६० घरधुरी आयोजनाबाट लाभान्वित हुनेछन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया