बिएल संवाददाता
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा औपचारिक रुपमा बुधबार सार्वजनिक गरेको छ।
गत जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित लिपुलेक, लिक्पियाधुरा र कालापानी समेटिएको नक्सा आज सार्वजनिक भएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आफूले पेश गरेको नक्सा स्वीकृत भएपछि बुधबार सार्वजनिक गरेकी हुन्।
नेपाल, भारत र चीनको त्रिदेशीय नाका पर्ने उक्त नेपालको भूभागबाट मानसरोवर जोड्ने गरी भारतले एकलौटी रुपमा बाटो खनेर उद्घाटन गरेसँगै त्यसको विरोध भएको थियो ।
आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले नक्सा सार्वजनिक गरिने उद्घोष गरेकी थिइन् ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा सम्बोधन गर्ने क्रममा जसरी पनि आफ्नो भूभाग फिर्ता ल्याउने अडान लिएको बताएका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा बुधबार दिउँसो औपचारिक रुपमा सार्वजनिक गरेको हो । जहाँ ७५३ वटै स्थानीय तह र अन्तर्राष्ट्रिय नाका समेत तोकिएको छ।
“हामीसँग प्रयाप्त प्रमाण छ तथ्यका आधारमा यो नक्सा सार्वजनिक गरेका हौँ, यसले नेपालको मनोवल उच्च बनाउनेमा विश्वस्त छौ। हाम्रो भूभाग जोगाउन दुढ संकल्प र अटल आत्मविश्वास सहित लागि रहने छौ,” नक्सा जारी गर्दै भूमी व्यवस्था मन्त्री अर्यालले भनिन्।
यसअघि मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका थिए।
उक्त अतिक्रमित भूमी बाहेक नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ।
यो पनि हेर्नुहोस्
नेपालको नयाँ नक्सा जारी, ‘प्रधानमन्त्री ओलीको सिंह चढेर सवारी ?’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया