२४ घण्टामा १३ सय १६ को पीसीआर प्रविधिबाट काेराेना परीक्षण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा हालसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधिमार्फत कोरोना संक्रमणको परीक्षण गरिएको छ। २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ। जसमा ७८ पुरुष र ३२ जना महिला रहेका छन्। प्रदेश १ मा ३५, प्रदेश २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।

यस्तै गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिए उनले बताए। अहिलेसम्म ३१ जना उपचारबाट घर फर्किएका छन् भने, ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

हाल वीरगञ्जमा २७, विराटनगरमा २१, बुटवलमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जनाको उपचार भइरहेको छ। त्यसैगरी काठमाडौंमा ३ र काठमाडौं बाहिर १ सय ६१ गरी १ सय ६४ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले जानकारी गराए।
 

प्रकाशित मिति: : 2020-05-10 17:31:54

प्रतिकृया दिनुहोस्