नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। झापामा एकजना जमातीमा कोरोना पोजिटिव देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको हो।आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन्।
उनी झापा राजगढ निवासी जमाती भएको बताइएको छ।
एकातिर कोरोना संक्रमितको संख्या बढिरहेको छ भने अर्कोतिर निको भएर घर फर्कनेको संख्या पनि बढेको छ। वीरगञ्जमा तीन संक्रमित निको भएर घर फर्केपछि निको भएर घर फर्कनेको संख्या पनि बढेर १६ पुगेको छ। अब नेपालमा ३६ कोरोना संक्रमितको उपचार जारी छ।
यसैबीच नेपाल विश्व स्वास्थ्य संगठनको कोरोना उच्च जोखिमको सूचीबाट हटेर जोखिमको सूचीमा ओर्लेको छ। कोरोनाविरूद्ध सफलतापूर्वक जुटेपछि नेपाललाई यो सफलता हासिल भएको हो।