स्पेनका बालबालिका केही समय बाहिर निस्कन पाउने

बिएल संवाददाता

बार्सिलाेना

स्पेनका बालबालिका अन्ततः केही समय बाहिर निस्कन पाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को महामारी तीव्र गतिमा फैलिन थालेपछि गएको मार्चको मध्यदेखि स्पेनमा लकडाउन लागु छ ।

तर अब लकडाउन नै भए पनि बालबालिकालाई केही समय घर बाहिर निस्कन दिइने भएको हो । १४ वर्षमुनिका ६३ लाख बालबालिकालाई केही समय बाहिर निस्कन दिने गरी लकडाउन स्पेन सरकारले खुकुलो पारेको हो ।

हरेक दिन बालबालिकालाई बिहान ९ देखि राति ९ बजेको बिचमा एक घण्टा घरबाहिर निस्कन अनुमति दिइने त्यहाँकाे सरकारले जनाएकाे छ । तर उनीहरु एक किलोमिटर भन्दा पर जान नपाउने सरकारले बताएकाे छ।

बालबालिकालाई साइकल, स्केट तथा स्केटबोर्ड चलाउन अनुमति दिइएको छ । तर सर्वाजनिक पार्कहरु बन्द नै रहने जनाइएकाे छ।

मनोविमर्शकर्ताहरुले लामो समय बालबालिका घरमै सीमित हुँदा विशेष गरी बालकालिकामा मनोसामाजिक प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

बालबालिकाका लागि दिइएको केही समयको छुट पनि उनीहरुको मानसिक स्वास्थ्यका लागि अति महत्वपूर्ण हुने भन्दै निर्णयको स्वागत गरेका छन् ।

प्रकाशित मिति: : 2020-04-26 07:25:15

प्रतिकृया दिनुहोस्