नेपालमा कोरोनालाई जित्नेकाे संख्या १० पुग्याे, सेतीबाट एक महिला डिस्चार्ज

नेपालमा कोरोना भाइरसलाई जित्नेर घर फर्किनेकाे संख्या १० पुग्याे छ। सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवा घर भएकी पाना बिक बिहीबार अस्पतालबाट डिस्चार्ज भएसँगै निकाे हुनेकाे स‌ंख्या १० पुगेकाे हाे।

आज साँझ साढे पाँच बजे उनलाई डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा‍. जगदिन जोशीले जानकारी दिए।  पछिल्लो २४ घण्टामा उनका दुईवटै नमूनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए।

चैत १७ गते वीरगञ्जबाट ३५ जना सहित बसमा कैलालीको लम्कीस्थित घर आइपुगेकी ति महिला रिपोर्ट पोजिटिभ देखिएपछि बैशाख १ गतेदेखि सेअस्पतालमा उपचार गराइरहेकी थिइन।

सेती प्रादेशिक अस्पतालमा अब एक जना संक्रमित मात्र उपचारमा छिन्।

को-को फर्किए?

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन्। सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका उनीहरु पाटन अस्पतालमा उपचाररत थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा‍ विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन्।

उनीहरु आमा छोरा हुन्। उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो। उनीहरू चैत ४ मा राति १ बजे बेलायतबाट दोहा हुँदै कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए। त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन्।

यता बुधबार सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षका एक जना १९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यस्तै सोही अस्पतालमा आइतबार २१ वर्षीय युवक १६ दिनमा कोरोनालाई जितेर डिस्चार्ज भएका थिए।

यस्तै धनगढी उपमहानगरपालिका– ५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई २९ दिनपछि मंगलबार घर पठाइएको सेती अञ्चल अस्पतालका डा‍‍‍. जगदिश जोशीले जानकारी दिए। 

त्यसैगरी शनिबार मात्र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला पनि घर फर्किएकी छिन्।

यस्तै, काठमाडौ‌ंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत अर्का प्रसिद्धि श्रेष्ठ पनि डिस्चार्ज भएकी छिन्। धादिङका ३२ वर्षका सङ्क्रमितको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज गरेको मन्त्रालयले जनाएको छ। उनी गएको चैत ६ गते दुबईबाट नेपाल आएका थिए।

यस्तै यसअघि गत माघमै चीनबाट आएका पहिलो संक्रमित पनि टेकुबाटै घर फर्किएका छन्।
 

प्रकाशित मिति: : 2020-04-23 18:45:50

प्रतिकृया दिनुहोस्