बनिसकेका ‘नेपाली रेल’ भारतमै थन्किए, ओली सरकारले बनाएन पूर्वाधार र कार्यविधि !

प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने सपनामा बढी चर्चा हुने विषय रेल सञ्चालन पनि हो तर जनकपुरदेखि जयनगरसम्म रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भनेर प्रचार गरिएपनि अवस्था अनिश्चित देखिएको छ ।

भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने भनिएको नेपाल रेल सेवा सञ्चालनमा ढिलाइ भइरहेको छ ।

नेपाल सरकारले भारतीय रेल्वे कम्पनीको कोनकोन कम्पनीसँग २ सेट रेल किन्नका लागि सम्झौता गरेर अग्रिम पेश्की समेत उपलब्ध गराएको महिनौं भइसकेको छ । ५२ करोड भारतीय रुपैयाँमा डिजल इलेक्ट्रिक मल्टिपल युनिट (डेमु) रेल किन्ने सम्झौता अनुसार २० प्रतिशत पेश्की रकम दिइएको छ ।

नेपाल रेल विभाग काठमाडौंका मेकानिकल इन्जिनीयर नवराज भट्टले एउटा एसी, २ वटा जनरल बोगी र एउटा इन्जिनको आधा भागको बोगी गरेर ५ वटा बोगी सहितको रेल भारतमा बनेर तयारी अवस्थामा रहेको बताए । यात्रुबाहक रेललाई बोगी भनिन्छ ।

प्रकाशित मिति: : 2020-03-12 03:45:03

प्रतिकृया दिनुहोस्