कोरोना रोक्न भगिरथ प्रयत्न, सरकारको तीन रणनीति

लोकान्तर

काठमाडाैं

विश्वका ६४ भन्दा बढी मुलुकमा भेटिएको कोविड-१९ नामको नोबेल कोरोना भाइरसका बारेमा नेपालमा तीव्र बहस भइरहेको छ ।

नेपालमा कोरोनाबाट संक्रमणको कुनै प्रमाणित केस नेभेटिए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि आम नागरिक संक्रमणको त्रासमा रहेका छन् ।

सरकारले विमानस्थलमा कारोना संक्रमण रोक्न कडाइ गर्ने रणनीति लिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकालले कोरोनाको संक्रमण रोक्न सरकारले तीन तहको रणनीति बनाएको बताए ।

उनका अनुसार पहिलो चरणमा संक्रमणलाई नेपाल आउनै नदिने, दोस्रो रणनीतिका रूपमा नेपालमा यदि कोरोना भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइने र यदि संक्रमण फैलिइहालेमा स्वास्थ्य संकटकाल घोषणा गरेर नेपालका सबै अस्पताललाई उपचारका लागि प्रयोग गरिनेछ ।

प्रकाशित मिति: : 2020-03-03 12:24:17

प्रतिकृया दिनुहोस्