सडक विभागले १० वर्षसम्म अलपत्र पारेको काम समयमै सकाउँदै नेपाली सेना

लोकान्तर

काठमाडौं

गगन अर्याल

नेपाली सेनाले भौतिक पूर्वाधारका ठूला र महत्त्वपूर्ण आयोजनाहरूमा काम गर्दै आइरहेको छ । अन्य ठेकेदारले समयमा काम नगरेर ठूल्ठूला आयोजना रुग्ण अवस्थामा रहिरहेका बेला सेनाले जिम्मेवारी पाएका प्रायः आयोजना समयमा नै सम्पन्न हुने गरेका छन् । नेपाली सेनालाई विद्यमान संवैधानिक व्यवस्थाअनुसार विकास निर्माणका काममा पनि राज्यका तर्फबाट प्रयोग गर्न सकिने भएकाले राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत सेनाले काम गर्दै आएको रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो २ वर्षको प्रगति विवरण सार्वजनिक कार्यक्रममा बताएका थिए ।

 

त्यसक्रममा मन्त्री पोखरेलले भनेका थिए, ‘नेपाली सेनालाई किन सडक निर्माणको काम दिइयो भन्ने जिज्ञासाहरू पनि छन्, संवैधानिक व्यवस्थामा भएकाले नै राष्ट्रिय महत्त्वका आयोजनाको काम गर्दै आएको हो ।’

प्रकाशित मिति: : 2020-03-03 01:57:48

प्रतिकृया दिनुहोस्