अन्टार्कटिकामा बागुलङको माटो

लोकान्तर

काठमाडौं

प्रकाश आचार्य

अन्टार्कटिका मानवविहीन, सुन्दर र पवित्र महादेश । अन्टार्कटिका पृथ्वीमा सबैभन्दा पछि पत्ता लागेको सातौं महादीप पनि हो । जहाँ ६ महिना उज्यालो र ६ महिना अँध्यारो हुन्छ । जुन महादेवमा सन् १९११ मा मानिसले पहिलो पाइला टेकेको थियो । जाडो याममा माइनस ८९ र गर्मीमा माइनस २९ डिग्री सेल्सियससम्म तापक्रम हुनुका साथै प्रतिघण्टा दुई सय किलोमिटरको रफ्तारमा आँधीहुरी समेत चल्छ त्यहाँ । ९८ प्रतिशत हिउँ र २ प्रतिशत मात्र जमिन रहेको उक्त महादेशमा पहिलो पटक पाइला टेक्ने नेपाली हुन् भुवनसिंह विश्वकर्मा ।

वैज्ञानिक खोज, अनुसन्धानका लागि अन्टार्कटिका विश्वका विकसित मुलुकहरूले वैज्ञानिकको टाली पठाउने गर्छन् । भारतीय सेनाका कार्यरत रहँदा सन् १९८६ मा भारतको छैठौं वैज्ञानिक टीमसँग विश्वकर्मा पहिलो पटल ६ महिना उज्यालो ६ महिना अध्यारो हुने अनकन्टार अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली हुन् ।

प्रकाशित मिति: : 2020-03-01 05:47:07

प्रतिकृया दिनुहोस्