गाउँघरमा अचेल एउटा कहावत चर्चित छ–
‘लोग्ने कतार, स्वास्नी बजार ।’जब श्रीमान कमाउन विदेश जान्छन्, तब श्रीमती छोराछोरी पढाउन भन्दै बजार झर्न हतारिन्छिन् ।
तर पाल्पाका लक्ष्मण पराजुली (४५) को लागि भने यो भनाइ ठीक उल्टो भइदियो । उनी कमाउन भनी सिंगापुरसम्म पुगे । पहिले भारत र पछि सिंगापुर गरी झण्डै एक दशक विदेशी भूमिमा बिताए । पाल्पा सदरमुकाम तानसेन बजारमा बसोबास गर्ने पराजुली परिवार लगानी क्षेत्र खोज्दै रित्तो गाउँघर फर्किएको छ ।