अमेरिकामा राष्ट्रपतिको डेमोक्रेटिक रेसमा बर्नी अगाडि, वारेनलाई उम्मेद्वारी त्याग्न दबाब

अमेरिकी राष्ट्रपति चुनावको डेमोक्रेटिक रेसमा बर्नी स्याण्डर्स अगाडि देखिएका छन्। हालै गरिएका जनमत सर्भेक्षणहरूमा उनले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई धेरै पछि छोडेका छन्। 

आयोवा र न्य ह्याम्पसायरमा पिट बटिजजले जबर्जस्त टक्कर दिए पनि राष्ट्रव्यापि जनमतमा उनी बाइडनभन्दा पनि पछि तेस्रो स्थानमा मात्र देखिएका छन्।

उता, न्युयोर्कका पूर्वमेयर माइकल ब्लुबर्ग चौथो स्थानमा देखिएका छन्। पहिला चार ककस र प्राइमरीमा सहभागी नभएका ब्लुमबर्गले तीनसय ५० मिलियनको महंगो क्याम्पेनपछि एकाएक चौथो स्थानमा पुगेका हुन्। 

सिनेटर एमी क्लोबचर पाँचौ स्थानमा छिन् ।

पछिल्ला सर्भेक्षणहरूले सिनेटर एलिजावेथ वारेन अप्रत्यासित रूपमा पछाडि धकेलिएकी छिन्। निर्वाचन घोषणा गर्दा सबैभन्दा अगाडि देखिएकी उनी निर्वाचन नजिकिदै गर्दा माथिल्लो पाँचमा पनि पर्न सकिनन्।

नाभदा ककसको पूर्वसन्ध्यामा आएका जनमत सर्भेक्षणहरूले सिनेटर बर्नीको पक्षमा लहर सिर्जना गर्ने अपेक्षा उनका समर्थकहरूले राखेका छन्। 

शनिबार हुने नेभादा ककसमा पनि बर्नी नै अगाडि रहने अनुमान गरिदैछ। यदि त्यस्तो भयो भने बर्नी पहिला तीन ककस र प्राइमरीमा पहिलो या बराबर स्थितिम रहदै चुनावी क्याम्पेन अगाडि बढाउने पहिलो डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार हुनेछन्। 

जसरी रोनल्ड रेगन र डोनल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका अप्ठ्यारा उम्मेद्वार सावित भए, रिपब्लिकन पार्टीका लागि स्याण्डर्स पनि त्यस्तै अप्ठ्यारा सावित नहोलान् भन्न सकिन्न।' 

नेभादामा ३६ डेलिगेट्स रहेका छन्। ३६ मध्ये २४ प्लेड्ज्ड र १२ सुपर डेलिगेट्स हुनेछन्। 

नेभादा ककसमा विजय हासिल गरेपछि बर्नीको पक्षमा चुनावी माहौल बन्ने अनुमान राजनीतिक पण्डितहरू गरिरहेका छन्। यो ककसमा कमजोर प्रदर्शन भएमा एलिजावेथ वारेनलाई उम्मेद्वारी त्याग्न दबाब बढ्ने छ। यदि त्यसो भयो भने स्याण्डर्स थप मजबुत हुनेछन्। किनकि, उनीहरू दुबै डेमोक्रेटिक पार्टीमा एउटै खेमाको प्रतिनिधित्व गर्छन्। 

उता, रिपब्लिकन पार्टी पनि बर्नी नै ट्रम्पको सम्भावित प्रतिस्पर्धी हुने ठान्न थालेका छन्। एक रिपब्लिकन राजनीतिक पण्डितले बर्नी अप्ठ्यारो प्रतिस्पर्धी हुने बताए। उनले भने, 'जसरी रोनल्ड रेगन र डोनल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका अप्ठ्यारा उम्मेद्वार सावित भए, रिपब्लिकन पार्टीका लागि स्याण्डर्स पनि त्यस्तै अप्ठ्यारा सावित नहोलान् भन्न सकिन्न।' 

तर, कतिपय रिपब्लिकन पार्टीका पण्डितहरू भने त्यसको ठ्याक्कै उल्टो धारणा राख्छन्। उनीहरू भन्छन्, ' कम्युनिष्ट भनेरै ट्रम्पले स्याण्डर्सलाई सजिलै किनारा लगाइदिन्छन्।'  

प्रकाशित मिति: : 2020-02-19 20:17:48

प्रतिकृया दिनुहोस्