वरिष्ठ निर्देशक दयाराम दाहालको जीवन : 'रक्सी राखेको दराजमा आगो लगाइदिएँ'

कुवेर गिरी

काठमाडौँ

नेपाली चलचित्र क्षेत्रका सफल तथा वरिष्ठ निर्देशक हुन् दयाराम दाहाल । २०४५ सालमा निर्मित ‘लाहुरे’को पोस्ट प्रोडक्सनमार्फत चलचित्र क्षेत्रमा होमिएका दाहालले करिब ४० चलचित्रको निर्देशन गरेका छन् । उनको निर्देशन रहेको पहिलो चलचित्र ‘दाइजो’ हो । फिल्मको निर्माण प्रक्रिया केही समय रोकिँदा  रिलिजका हिसाबले भने पहिलो ‘भरिया’ भयो । दाहालले निर्देशन गरेको अधिकांश चलचित्रले ब्यवसाय गरेको मात्र होइन । ५१औँ दिन, १००औँ दिनको व्यावसायिक रहेकर्डसमेत बनाएका छन् ।

दाहालको पछिल्लो चलचित्र ‘लैबरी लै’ प्रदर्शनमा आउन बाँकी छ । पछिल्लो समय चलचित्र विकास बोर्डको सदस्यसमेत रहेका दाहालले बोर्ड सदस्यका हिसाबले चलचित्रको हकहितका खातिर थुप्रै काम गरेका छन् । त्यसैले पनि अहिले रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले दाहाललाई नै ल्याउनुपर्ने माग चलचित्रकर्मीको रहेको छ ।

प्रकाशित मिति: : 2020-02-16 05:33:13

प्रतिकृया दिनुहोस्