डोटी अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाउने बताएका छन्।

बुधबार जिल्ला अस्पताल डोटीको निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गर्ने बताएका हुन्। 'जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी छ' उनले भने।

जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए। 'पछिल्लो समयमा स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत अभाव रहेको छ' उनले भने।

 जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कूल ३०८ दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-15 16:26:51

प्रतिकृया दिनुहोस्