रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण

रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ।

मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पुष्टि गरे।

पाण्डेका अनुसार मन्त्री पोखरेल बुटवलमा शनिबार हुने कार्यक्रमका लागि हेलिकोप्टर चढेका थिए।  मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको उनले बताए।
 

प्रकाशित मिति: : 2020-01-11 09:43:28

प्रतिकृया दिनुहोस्