वरिष्ठ पत्रकार आचार्यको निधन

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आज ६१ वर्षको उमेरमा निधन भएको छ।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए।

उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो।

उनले आमा, श्रीमती र छोरीलाई छोडेर गएका छन् । केही वर्ष पहिले उनको छोराको अमेरिकामा हृदयाघातबाट निधन भएको थियो । 

आचार्यको निधनबाट नेपाली टेलिभिजन पत्रकारिताले एक धरोहर गुमाएको छ । उनको असामयिक निधनबाट नेपाली पत्रकारिता जगत स्तव्ध भएको छ।

प्रकाशित मिति: : 2019-10-06 10:49:47

प्रतिकृया दिनुहोस्