धार्चे गाउँपालिका-४ लाप्राकबाट फ्रान्सेली नागरिकको उद्धार गरिएको छ । ७२ वर्षीया यान म्यारीको शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।
यति मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न आएकी उनी बिरामी परेकी थिइन् । लगातारको वर्षातमा भिजेका कारण निमोनिया भएको बताइएको छ ।
म्यारीको काठमाडौं लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको यती माउण्टेन एडभेन्चरका प्रवन्धक श्री गुरुङ बताए । छोरासहित गाइड र पोर्टर लिएर उनी मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि आएकी थिइन् ।
उनीसँगै आएका छोरा आमालाई काठमाडौं पठाएर लार्के पासका लागि हिँडेका छन् ।