अर्थपूर्ण समाजका लागि उपयुक्त नाम-धर्मराज जोशी

तस्बिरः बिएल

मन र मस्तिष्क दूबैले सोच्छन् गहिरिएर अनि होमिन्छन् गन्तव्यमा पुग्न। काम भनेपछि लागिपर्ने स्वभाव छ उनको। जिन्दगीका कैयौं अप्ठेरा घुम्ती पार गर्दै यात्रा गरेका उनको मन उत्तिकै संवेदनशील छ। उनी हुन् एनआरएन कोरियाका महासचिवका उम्मेदवार धर्मराज जोशी।

अध्ययन, व्यवसाय, रोजगारी वा अन्य कारणले ६ महिनाभन्दा बढी समयदेखि विदेशमा बसोवास गरिरहेका गैर आवासीय नेपालीहरूको साझा संस्था हो- सन् २००३ मा स्थापना भएको गैह्र आवासीय नेपाली संघ।

'नेपालीका लागि नेपाली' भन्ने मूल नारा रहेको यसको उद्देश्य नेपाल र संसारभर रहेका नेपाली बीच संजाल विस्तार गर्ने, गैर आवासीय नेपालीले नेपाल आवत जावत गर्दा आउने कानुनी अड्चनको समाधान खोज्ने, पर्यटन, जलविद्युत, सूचना प्रविधि, पूर्वाधार आदिमा लगानी गर्ने एवं नेपालको मौलिक परम्परा,कला संस्कृतिलाई विस्तार एवं पर्वद्धन गरी राष्ट्रको आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउनु रहेको छ।

स्थापनाको भएको १६ वर्ष पुग्नलाग्दा नवौं विश्व सम्मेलनको तयारी भइरहेको छ। करीब ८० मुलुकमा यसको सञ्जाल फैलिएको छ। कोरियामा पनि एनआरएनए राष्ट्रिय समन्वय परिषदको सातौं अधिवेशन हुने क्रममा छ।

सुदूरपश्चिमको विकट जिल्ला बझाङदेखि कोरीया पुगेका उनका भित्री मनका पत्रहरु पल्टिन्छ समयसँगै र सोच्न बाध्य तुल्याउछन् नेपाल र नेपालीका लागि केही गर्न पाए हुन्थ्यो भनेर। त्यसैले उनले आफ्नो प्रतिवद्धता बुँदागत रुपमा अघि सारेका छन्-

एनआरएनएको समय सापेक्ष र वास्तविक सहकारिता, सामुहिक लगानीको अवधारणा अनुरूप उद्देश्य प्राप्तिका लागि इमान्दार भएर क्रियाशील रहने संस्थामा पद्धति, पारदर्शिता, मितव्ययिता र जवाफदेहितामा जोड दिने।

कोरियामा रहेको नेपाली समुदायलाई एन आर एन एप्रति आकर्षित गर्न, उनीहरूले सिकेको सीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरूको हक, हित, भलाई एवं सर्वाङ्गीण विकासका लागि प्रयत्नशील रहने।

कोरियामा रहेका बहुसंख्यक श्रमिक साथीहरूको समस्या न्युनीकरण गर्नका लागि सबै सामाजिक संघ संस्थाहरू एवं नेपाली दूतावाससँगसमेत एकीकृत रूपमा समन्वय गरी एन आर एन एको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्ने।

दिर्घकालीन आपतकालीन कोष निर्माण गर्न साझा अवधारणा बनाइ कार्यान्वयन गर्न पहल गर्ने।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदसँग समन्वय गरेर नेपालमा सुरक्षित लगानीको सम्भाव्यताका बारेमा सम्वन्धित क्षेत्रका विज्ञहरू बोलाई आवधिक रूपमा अन्तक्रिया, गोष्ठी, सेमिनार कार्यशाला आयोजना गर्न तत्पर रहने।

भिजिट नेपाल २०२० लाई सफल बनाउन आवश्यक प्रचारप्रसार गर्ने र बढी भन्दा बढी कोरियन पर्यटक हरूलाई नेपाल भ्रमणका लागि अनुरोध गर्नुका साथै कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा जोड दिने।

यसरी सरसर्ति हेर्दा उनले प्रतिवद्धता जनाएका कार्यहरुमध्ये आधी मात्र गर्न सके भने पनि ठूलै उपलब्धी ठानिने छ। हाम्रो मनमा पछिल्लो समय प्रश्न पैदा हुन जान्छन् के चुनावी मैदानमा बोलेका कुरा पुरा गर्छन् त उम्मेदबारहरुले?

प्रतिद्धता सबैका हुन्छन् चुनावी मैदानमा तर विजय पश्चात कार्यान्वयन गर्ने कमै हुन्छन्। उनलाई चिनेजानेका टाढैबाट नियाली रहेका केही व्यक्तिहरुका अनुसार उनी ठाउँ पायो भने गर्न सक्ने र बोलेको पुरा गर्ने मध्यमा पर्दछन्। आखिर उनी जस्ता दुरगामी दृष्टि भएका र केही गर्न खोज्ने व्यक्तिका लागि यही चुनाव मात्र अन्तिम पनि त हैन।

चरो मुसो जोसुकै होस् आखिर गुजारा त सबैको चलेकै हुन्छ। गुजरा चलाउनु नै ठूलो कुरो हैन रैछ। सबैभन्दा ठूलो कुरो राष्ट्र राष्ट्रियता अझ भनौ मानवीयताका पक्षमा संवेदनशील भएर लागि पर्नु हो।

जिन्दगीभर ब्रान्डेड सामान मात्र खरिद गर्ने कुनै मान्छेलाई सामान्य मान्छेले भनेका थिए रे अहिले जति नै ब्रान्डेड लुगा कपडा लगाए पनि भोलि प्राण फुस्केको शरीरलाई उही दुई मिटर सेतो कपडाले बेर्नु पर्ने न हो। त्यति बेला समान नै हुनेछ तिम्रो र एउटा गरिबको लाश। त्यो भनाइ बेलाबखत गम्भिर ढंगले मनन गर्दै जोशी भन्छन् – नेपालमा छदा कुनै अन्यत्र जिल्लातिर जादा आफ्नो जन्मेको गाउँठाउँको याद आउछ। विदेशमा बस्दा सम्पूर्ण नेपाली भूभाग आफ्नै जन्मभूमि बनिदिन्छ। त्यहाँको संस्कृति, पर्यटन लगाएतका अन्य कैयौं क्षेत्रमा विदेशी लगानी पु¥याएर बिकास गर्न पाए हुन्थ्यो भन्ने सोच पलाउन थाल्छ। घुम्न थाल्छन् नयनमा तिनै नेपाली मनहरु। त्यो सम्पूर्ण भूभाग अनि आफ्नो पन।

उनी जे छन् त्यही देखिन्छन्। सामान्य जीवन उच्च विचार भन्ने गान्धीको भनाइलाई आत्मसाथ गरेर नेपाल र नेपालीका लागि आफ्नो वर्गतले भ्यायसम्म केही गर्न पाए हुन्थ्यो ठान्छन्। कुनै पनि सामाजिक मन मानव कल्याणका भावाभिव्यक्तिहरु व्यक्त गर्न चाहन्छ। त्यही मार्गलाई अपनाउन चाहन्छ।

जिन्दगीका उकाली ओरालीहरुमा विगतमा वनपाखातिर गीति धुन गुनगुनाएझैं मानवहितका लागि विदेशमा बसेका भाइहरु बीच भ्रातृत्वको अँगालो कस्नका लागि र सक्दो नेपाललाई त्यतैबाट भए पनि केही गर्नका लागि होमिदैछन् चनावी मैदानमा। कुनै संघ संस्थामा बसेर काम गर्दा आफ्नो योजन तर्जुमा गर्न सजिलो हुने र एकतावध्द ढंगले काम गर्दा परिणाम पनि चाडो र आशा गरे मुताविकको हुने भएकाले विदेशमा रहेका नेपालीहरुको गौरवमय संस्था एन आर एनएमा आवध्द भएको कुरा सुनाउछन् उनी।

उनीभित्र संस्कार छ, रुचि छ, संवेदना बोकेको कोमल हृदय छ अनि छ योजना बनाउने र कार्यान्वयन गर्ने सोच र क्षमता। त्यसैले पनि उनीप्रति कैयौंको आश छ। सुसंस्कार र सुरुचि नभएको मानिस कुनै क्षेत्रमा आउनु भनेको केवल ठाउँ ओगटेर फुर्तिफार्ती गर्नु हैन। लामो बायोडाटाको सपना बोकेका दम्भी अहंकारी मनहरु केवल आफ्नो स्वार्थका लागि देखा पर्दछन् भने शभ्य शालिन लोभ लालच केही नभएकाहरु पाउँदैनन् व्यक्तिगत जीवनका पाटाहरु सम्झिन पनि। त्यस्ताको जीवनको यात्रा तय भैदिन्छ समाज सेवाकै लागि।

उनी त्यही गोरेटोमा यात्रारत छन् विगत केही समयदेखि। भवी दिनमा अझ बढी प्रगतिका लागि कुनै संघसंस्थाको खाका तय गर्न पनि एउटा सुन्दर यात्रा नै हो। त्यो खाका सही ढंगले कार्यान्वयनमा ल्याउन सक्दा यात्री गन्तव्यमा पुगेको हुन जान्छ। उनी त्यो गन्तव्यमा पुग्न चाहन्छन्। तर त्यो यात्राको सुरुवातिको चरण अरु कसैको हातमा छ। ती हात भनेका मतदाताका हात हुन्। सहयोगी साथीभाईका हात हुन्। अझैभन्नु पर्दा शुभचिन्तक सबै मित्रहरुका हुन्। कहिले काही उचित व्यक्तिको छनौट हुन नसक्दा समाजको दिशाशून्यता बढ्न सक्छ। संस्थाको छोटो समयमा छलाङ मार्ने यात्रा धिमा गतिमा चल्न जान्छ वा गतिहीन बनि दिन्छ।

इमानदार र भित्रै देखि विशुद्ध मनले केही गर्न अभिप्रेरित हुने मनलाई चुन्नु अति आवश्यक हुन्छ। जोशीको अठोट स्वस्थ जागृतिको लक्ष्यण पनि हो। हाम्रा समय र भूगोलका छुट्टै सीमाहरु छन्। जिन्दगीको यात्राका छुट्टै लिगहरु छन्। समाजको लागि बाँच्नुको छुट्टै महत्व छ। त्यस्था समाजका लागि सहज ढंगले ऊर्जापूर्वक आफ्ना योजना र क्षमताको गाडी गुडाउनु र सामान्य ढंगले कार्यकाल धकेलीरहनुमा आकाश जमिनको फरक हुन जान्छ। कतिपय योजनाका गाडी गुडाउने क्षमता भएकाहरुले मौका पाइरहेका हुँदैनन् स्टेरिङ समात्न। लाइसेन्स पाउन।

मौका पाएको खण्डमा काम गर्न सक्ने व्यक्तिका रुपमा धेरैले नाम लिइरहेका व्यक्ति हुन् जोशी। कोरिया बसाइँको क्रममा नेपाली समुदायको हित र भलाईका पक्षमा गरेको सामाजिक योगदानलाई मूल्यांकन गर्ने हो भने उनको जीत सुनिश्चित नै देखिन्छ। त्यस्ता मनहरुलाई हामीले त्यो वातावरणको सिर्जना गर्न नसक्दा हामी पछाडि परिरहन्छौ। लामो समयसम्म पछुताइरहन्छौ। आखिर काम बिग्रेपछिको पछुतोको के नै अर्थ रहन्छ र।

एनआरएनए दक्षिण कोरीयाका पूर्व सदस्य, सुदूरपश्चिम समाज कोरियाका भूतपूर्व अध्यक्ष लगायत बिभिन्न सामाजिक संघसंस्थामा आवध्द रही लामो समयसम्मसमाज सेवाका क्षेत्रमा उदाहरणीय काम गरेर चिनिइसक्नु भएका जोशी जस्ता सामाजिक अभियन्तालाई एनआरएनए कोरियाको नयाँ नेतृत्वको लागि हुनगइरहेको अधिवेशनमा विजयी भए कोरीयामा रहेका नेपाली र नेपालको हकहितमा महत्वपूर्ण कार्य हुन सक्ने कुरामा दुईमत देखिदैन।

प्रकाशित मिति: : 2019-09-19 17:01:15

प्रतिकृया दिनुहोस्