बाढीपहिरोको कारण कास्कीमा २०० भन्दा बढी घरमा क्षति

बिएल


कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६ को लुम्लेका साथै वडा नं १०, ११ लगायतका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति बनाएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

लगातारको बाढीका कारण फूल खेल्दै गरेको धानमा समेत ठूलो नोक्सान पु¥याएको जानकारी दिँदै उनले गाउँपालिका क्षेत्रभित्रका झण्डै २०० भन्दा बढी घरमा क्षति पुगेपछि कतिपय स्थानीयवासी घर नै छाड्न बाध्य बनेको बताए । उनका अनुसार घरहरूमा रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।

बाढीपीडित सर्वसाधारणलाई गाउँपालिकाबाट गर्न सकिने सहयोगमा कमी नहुने बताउँदै अध्यक्ष कुँवरले राहत, उद्धार तथा सहयोगका लागि सबैसँग आह्वान गरेका छन् । वर्षात्को समयमा पानी नपरेका कारण अधिकांश खेत बाँझिएका अवस्थामा आएको बेमौसमी पानीले फुल्दै गरेको धानमा क्षति पु¥याएपछि कृषक थप चिन्तित बनेका छन् ।

प्रकाशित मिति: : 2019-09-19 10:42:08

प्रतिकृया दिनुहोस्